धनुषामा झगडा मिलाउन जाँदा पुलामीको हत्या



मेरो प्रदेश सम्वाददाता
धनुषा
दुई पक्षबीचको विवाद बढेपछी मिलाउन गएका एकजनाको धनुषामा हत्या गरिएको छ । सबैला नगरपालिकामा दुई पक्षबीचको विवाद साम्य पार्न पुगेका सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर घर भएका ५१ वर्षीय सोनेलाल पुलामीको हत्या गरिएको हो ।


शुक्रबार राति रघुनाथपुरमा भएको झगडा मिलाउन गएका पुलामीलाई झगडारत पक्षले टाउकोमा बाँस र काठको चिरपट प्रहार गरेका थिए । बाँस र काठको चिरपट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको मृतकका छोरा सूर्यनारायण पुलामीले बताएका छन् ।

रघुनाथपुरस्थित नहर चोकमा कलभर्टमा बसेका केही युवाहरुले अपशब्द बोलिरहेको अवस्थामा गाउँकै केही युवाले अपब्द नबोल्न भनेपछि भनाभन भएर बिवाद भएको थियो । दुई समूहबीच भएको विवादले झगडाको रुप लिइएपछी झगडालाई छुट्याउन जाँदा पुलामीमाथि नै काठको चिरपट र बाँसको भाटा प्रहार भएको थियो ।

पुलामीको हत्याको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो घटनामा संलग्न एक जना फरार रहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका–१ बस्ने कपिल सदा, धर्मदेव राउत, जीतेन्द्र राउत, अशेष यादव र सबैला–४ बस्ने मनु यादव रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । सो घटनामा संलग्न अमरजीत यादव भने फरार रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button