शेरधन राईले पटक पटक याैन सम्पर्क गरेर पनि श्रीमति नबनाएको भन्दै बालिका अदालतमा



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको विरूद्धमा एक युवतीले अंश मुद्दा हालेकी छिन । जिल्ला अदालत काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीकी पूर्व स्वकीय सचिव बालिका खड्का राईले मुख्यमन्त्री राईको बिरूद्धमा अंश मुद्दा हालेकी हुन । बालिकाकाले काठमाडौं जिल्ला अदालतमा नाता कायम गरी अंश दिलाई पाऊँ भनि मुद्दा दायर गरेको स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए। मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप समेत लगाएकी छिन् ।
राईले विगतमा पटक पटक यौन सम्पर्क गरेको तर मुख्यमन्त्री भएर विराटनगर बस्न थालेपछि भेट्न समेत नमनेको उनले बताएकी छिन ।
खड्काले दायर गरेको मुद्दामा आफूलाई सञ्चार मन्त्री भएको समयमा राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेको र आफू राईसँग ७१ सालदेखि सँगै रहेको समेत उनले दाबी गरेकी छिन । स्रेस्तेदार श्रेष्ठका अुनसार मुद्दा दर्तासँगै मुद्दाको पेशी समेत तोकिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button