सप्तरीमा ट्याक्टरको ठक्करबाट एकजनाको ज्यान गयो एक घाईते



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा ट्याक्टरको ठक्करबाट मोटर साइकलमा यात्रा गरिरहेका एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाका २० वर्षीय बिनोद खरहरी रहेका छन ।
बिहीबार साँझ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा ज.१ त ६६४४ नम्बरको ट्याक्टरले ना.११ प १७०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा यात्रा गर्ने खरहरीलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार हनुमाननगर कंकालिनी नगरपालिका–३ बस्ने अर्का २१ वर्षीय शैलेन्द्र खरहरीको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button