धनुषामा बालिकामाथि सामुहिक बलात्कार,



मेरो प्रदेश सम्वाददाता
धनुषा
गएको फागुन १० गते लक्ष्मिनियाँ गाउँपालिका ५ गजरियास्थ्ति स्थानीय दुइ युवकले ११ वर्षीया बालिकालाई सामुहिक बलात्कारगरेको आरोपमा ३२ वर्षीय श्रीकिसुन दासलाई प्रहरीले पक्राउ गरेको छ भने बलत्कारको अर्का आरोपी २२ वर्षीय अनिल ठाकुर फरार रहेको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । घर छेउमै रहेको खेतमा घाँस काटिरहेको बेला दुबै जनाले बलात्कार गरेको प्रहरीको भनाइ छ । बलात्कार गर्दै गरेको समयमा दास र ठाकुरले फोटो खिचेको र कसैलाई भने फोटो भाइरल गरिदिने धम्की दिएको पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।


पिडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरस्थित फागुन ११ गते स्वास्थ्य परिक्षण गरिएको छ । आरोपी अर्का युवकको खोजी भैरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक कार्कीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button