प्रजातन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारका १८ कैदी छुटे



मेरो प्रदेश सम्वाददाता
पर्सा
प्रजातन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट १८ जना कैदी छुटेका छन् । १९ जनालाई कैद कट्टिका लागि सिफारिस गरिएकोमा १८ जनाको कट्टी भएको कारागार प्रमुख जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए । कैद कट्टी नियमावली अनुसार १८ जनाले मापदण्ड पूरा गरेको हुनाले उनिहरु जेलबाट छुटेका हुन ।
जेलबाट छुटेका सबैजनालाई आफन्तको जिम्मा लगाईएको बताईएको छ ।कारागारमा अंगभंग मुद्वाका ६ जना, वन पैदावारका ४ जना, ज्यान मार्ने उद्योग, हातहतियार, सवारी ज्यान मुद्दाका २र२ जना, किर्ते, कुटपिट अंगभंगका १र१ जना कैदी रिहा भएका हुन् ।


बाराको प्रसौनी गाउँपालिकाका प्रमुख भोला गुप्ता र उप प्रमुखसमेत कैद कट्टी भई छुटेका कैदी बुझ्न आएका थिए । गाउँपालिकाका ६ जना बन्दी छुटेकोले बुझ्न आएका हुन् ।

उनीहरुले कारागारको कम्पाउण्ड मर्मत सम्भारका लागि पालिकाको तर्फबाट ३० बोरा सिमेन्ट उपलब्ध गराउने प्रतिबद्वता समेत जनाएर गएको कारागार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button