स्कुल बस र ट्याक्टर ठोक्किदा चार विद्यार्थी घाईते



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको चक्रघट्टा गाउँपालिका–७, स्थित भित्री सडकमा मंगलवार बिहान स्कुल बस र ट्याक्टर ठोक्किँदा चार विद्यार्थी घाईते भएका छन् । घाईते हुनेहरुमा चक्रघट्टा गाउँपालिका–४, का ९ वर्षीय गौरव साह, ८ वर्षीय रमेश साह, ७ वर्षीय एसान सेख र वर्ष ७ कै अफराज आलम रहेका छन ।


सदरमुकाम मलंगवामा रहेको ब्राईट इङलिस आवासिय विद्यालयको विद्यार्थी लिन चक्रघट्टा गइरहेको ना ३ ख २५८७ नम्वरको बस र विपरीत दिशाबाट आउँदै गरेको वनटेष्ट ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामापरी सामान्य घाईते सबै विद्यार्थीको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button