बुहारीलाई मट्टितेल छर्केर हत्या गर्न खोज्ने सासु थुनामा



मेरो प्रदेश सम्वाददाता
धनुषा
महोत्तरीको बलबा नगरपालिका–१ घर भइ जनकपुर उपमहानगरपालिका–८ बस्दै आएकी रामपरी देवीलाई बुहारीलाई कुटपिट गरी मट्टितेल खन्याएर हत्या गर्न खोजेको अभियोगमा थुनामा राख्न धनुषा जिल्ला अदालतले आदेश दिएको छ ।


यादवलाई अदालते मंगलवार पुर्व पक्षकालागि सिन्धुली करागार पठाउन आदेश दिएको हो ।
गत माघ ९ गते ३० वर्षय बुहारी सुधिरा देवी यादवलाई उनको श्रीमान दिपेन्द्र मण्डल, सासु रामपरी, भिनाजु दिनेश, नन्द अनिता समेतले कुटपिट गरी शरीरमा मटी तेल खन्याई आगो लगाउन खोज्दा छिमेकीले बचाएका थिए ।
आगो लगाउन नसकेको भएपनी शरिरमा रासायनीक पदार्थ प्रयोग गरी पिडा पुर्याएको मुद्दामा सासु राममरीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पुरा गरेपछी राममरीलाइ जिल्ला अदालतमा पेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button