धनुषामा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी,, ५ लाखको क्षति



मेरो प्रदेश सम्वाददाता
धनुषा
लामखुट्टे भगाउन बालेको घुरबाट घरमा आगो सल्किदा धनुषामा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । धनुषाको नगराईन नगरपालिका ७ विर्ताका रामचन्द्र मण्डलको घरमा सल्केको आगोले गाईको बाछी जलेर मरेको छ, भने गाई समेत घाइते भएको छ ।
आगलागीबाट ज ८ प.९१४३ नम्बरको मोटर साईकल १ थान, साईकल २ थान, पम्पिङ सेट १ थान जलेर करीब ५ लाख रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शसस्त्र प्रहरी नेपाल प्रहरीको टोली र स्थानीयबासीको सक्रियतामा आगोलाई नियन्त्रणमा लिईएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button