प्रदेश २ को नाम राख्ने बिषयमा सत्ता र प्रतिपक्षको आ,,आफ्नै अडान



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ को नामकरणको विषयमा सत्तापक्ष र प्रतिपक्षी दलबीच अझै सहमति बन्न सकेको छैन । सत्तारुढ दलका नेताहरू नामकरणको विषयमा प्रतिपक्षसंग सहमतिनजिक पुगेको दावी गर्दै आएका छन । प्रदेशको राजधानी र नामकरणको विषयमा सहमतिमा पुग्न सभामुख सरोजकुमार यादबको संयोजकत्वमा विशेष समिति बनेको छ । समितिको आइतबार बसेको बैठकमा सत्तापक्ष राजपा र समाजवादी पार्टीले प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्न प्रस्ताब गरेका छन । त्यसैगरी प्रतिपक्ष नेपाली कांग्रेसले मिथिला प्रदेश र नेकपाले जानकी प्रदेश नामकरण गर्नुपर्ने प्रस्ताव प्रदेश सभामा लगेका थिए। बैठकमा प्रदेशको नाम जुराउन कांग्रेस र नेकपाले लचकता देखाएको छ । कांग्रेसले सत्तापक्षले राख्न चाहेको ‘मधेस प्रदेश’ नामको अगाडि मिथिला थप्न र नेकपाले अगाडि जानकी थपेर सहमति गर्न सकिने बताएको छ । प्रदेशसभामा सत्तारुढ राजपा(समाजवादी पार्टीले ‘मधेस प्रदेश’, कांग्रेसले मिथिला(भोजपुरा प्रदेश, नेकपाले जानकी प्रदेश र केही सांसदले ‘मध्य मधेस’ राख्न प्रस्ताव दर्ता गराएका छन्। मुख्यमन्त्री लालबाबु राउतले नाम टुंग्याउन नसकिए पनि दलहरू सहमतिनजिक पुगेको दावी गरेकाछन । समाजवादी पार्टीका संसदीय दलका नेता समेत रहेका उनले बैठकपछि प्रतिक्रिया दिँदै ‘मुलुकमा संघीयता स्थापना गराउन, मधेस आन्दोलनको सम्मानका लागि भए पनि मधेस प्रदेश हुनुपर्नेमा जोड दिए । उनले भने यसमा प्रतिपक्षी दल पनि सहमत हुन्छ भन्ने विश्वास लिएकोछु । यता राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली कांग्रेस समेतले मधेसलाई स्वीकार्य गरेको दावी गरे । उनले समितिको आगामी बैठकले नामकरण टुंगो लागाउने विश्वास व्यक्त गरे । प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले ‘जानकी मधेस’ को प्रस्ताव अघि सारेको बताए। उनले भने, ‘नामकरणमा धेरै विवाद गर्नु हुँदैन। त्यसैले हामी लचकता अपनायौं। सत्ता पक्षलाई समेत लचिलो हुन मेरो आग्रह छ।’ कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले भने प्रदेशको नाम ‘मिथिला मधेस’ राख्नुपर्ने जिकिर गरे। ‘प्रदेशको नाम मिथिला भोजपुरा राख्ने सोच थियो’, उनले भने, ‘तर सहमति बनोस् भनेर सत्तापक्षले राखेको प्रस्तावित नामको अगाडि मिथिला थप्दा सहमति बन्छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button