ठुलो परिमाणमा अवैध लागु औषध सहित ४ जना पक्राउ



रितिक अधिकारी
सर्लाही
सर्लाहीको ईश्वरपुरबाट प्रहरीले ठुलो परिमाणमा लागु औषधसहित ४ जनालाई पक्राउ गरेकोछ । पक्राउ पर्नेहरुमा महोतरीको बर्दीबास नगरपालिका २ का अन्दाजी वर्ष २० का खगेन्द्र महतो, बर्दीबास नगरपालिका ३ का अन्दाजी वर्ष २० का सुजित मगर, बर्दीबास नगरपालिका १ बस्ने अन्जादी वर्ष २२ का सरोज बलम्पाकी मगर र बर्दीबास नगरपालिका १४ का अन्दाजी वर्ष ३१ का दिल बहादुर मगर रहेका छन ।
प्रहरीले गस्ति गर्ने क्रममा ईश्वरपुर नगरपालिका १३ श्रीनगरमा चेकजाँच गर्दा उनिहरुको साथवाट लागु औषध नाइट्रोभ्याट १० लेखिएको ३ सय ट्याब्लेट,स्पास्मो १ सय ४४ ट्याब्लेट र एक्सप्लोन सिरफ ५ हजार १ सय मिलिलिटर बरामत गरेको ईलाका प्रहरी कार्यलय केशरगंन्ज बयलवासका प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङ्गले जानकारी दिए ।
पक्राउ परेका युवाहरुले प्रयोग गरेको बा ३९ प ६०३ र ज ८ प ५४२१ नम्बरका २ वटा मोटरसाईकल सहित ६ थान मोवाईल समेत बरामत गरिएकोे बताईएको छ । पक्राउ परेका चारै जनाको सम्बन्धमा आवश्यक अनुसन्धानका लागि म्याद थप गरिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button