१ सय ४३ औं लखन स्मृति दिवस महोत्तरीको बर्दिवासमा मनाईयो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरको सम्झनामा शुक्रवार १ सय ४३ औं लखन स्मृति दिवस महोत्तरीको बर्दिवामा मनाईएको छ । विक्रम संवत् १९३३ साल फागुन २ गते जङ्गबहादुर राणाको फौजले लखन थापा र उनका सहयोगि जयसिङ चुमिमगरलाई झुन्ड्याएर हत्या गरेका थिए । त्यसै दिनको सम्झनामा नेपाल मगर संघ प्रदेश नम्बर २ ले प्रथम सहिद दिवसको रुपमा स्मृति दिवस मनाएको हो । नेपाल मगर संघ प्रदेश नम्बर २ का अध्यक्ष यम बहादुर खपाङगीको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय सदस्य रामकुमारी आलेको प्रमुख आतिथ्यतामा भएको स्मृति कार्यक्रमको बिशिष्ट अथिती नेकपाका केन्द्रिय सदस्य टेक बहादुर बलम्पाकी रहेका थिए कार्यक्रममा बोल्ने बक्ताहरुले जातिय मुक्ती बिना बर्गिय मुक्ती सम्भब नभएकाले सबै शोशित उत्पिडित जातीहरु जतिय उत्थानमा लाग्नुपर्ने बताए । उनिहरुले बर्गिय मुक्ती र जातीय मुक्तिको नारालाई नेपाल मगर संघका पुर्व केन्द्रिय अध्यक्ष गोरेबहादुर खपाङगीले उठाएपनी त्यसलाई आदिवासी जनजातीले बुझन नसकेको उल्लेख गरेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button