संविधानको सहि कार्यान्वयन अझै हुन सकेन ,, नेता साह



मेरो प्रदेश सम्वाददाता
सिरहा,
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि विश्वनाथ साहले संविधान सभाबाट उपलब्ध भएको संविधान सहि ढङ्गले अझै कार्यान्वयन हुन नसकेको बताए । सिरहाको गालेबारमा विहिवार जनयुद्ध दिवसको अवसरमा आयोजित जनयुद्ध तथा जनआन्दोलका सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रमलाई सम्वोधन गर्दै संविधानले गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतकाहकलाई मौलिक हककोरुपमा व्यवस्था गरेपनि लागुहुन नसकेको पूर्वमन्त्री साहले बताएका हुन् ।
यही संविधानलाई पूर्णरुपले लागुगर्न सके नेपालको मूहार फेरीने मन्त्री साहले बताए । उनले भने, ‘यही संविधानलाई टेकेर धेरैथोक गर्न सकिन्छ, त्यसको लागि संविधानको सहि कार्यान्वयन जरुरी छ ।’
उनले जनयुद्ध र जनआन्दोलनकै बलमा गणतन्त्र, संधियता र संविधानसभाबाट नेपाली जनताले संविधान पाएको जिकिर गरे । अन्यपार्टीले जनयुद्धको अवमूल्यन गर्ने र माओवादीले पनि जनआन्दोलको सहि मूल्याङ्क गरेको पुर्बमन्त्री साहले बताए ।
सोही क्रममा उनले कम्यूनिष्टहरुको अन्तिम लक्ष्य भनेकै साम्यवादी शासनसत्ता स्थापना गर्नु रहेको भन्दै, अहिलेको राज्यसत्ता पूजिवादी भएकोले ‘हाम्रो लक्ष्य भनेको जनवादी क्रान्तिको वलमा सामाजवादी राज्यव्यवस्थाको स्थापना गर्दै साम्यवादमा पुग्ने हो’, तर, यही राज्यसत्तावाट पनि हामीले सुधारका काम गर्दै जानुपर्छ ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा संघिय सासंद लिलानाथ श्रेष्ठले नेकपाको दुईवर्षे सरकारको कार्यकालमा विकास निर्माण तथा अन्य ठूला कामहरु भएको बताए । उनले पहिलेका सरकारले ५ वर्ष लगाएर गर्न नसकेको कामहरु यो सरकारले २ वर्षमा गरेको जिकिर गरे ।
मन्तव्यकै क्रममा सासंद श्रेष्ठले पार्टीको नेतृत्वमा सरकार संचालन गर्नु पर्ने आवश्यकता औल्याए । पार्टीको एकता प्रकृया अझै पुरा हुन नसेकाले सरकार र पार्टीको समन्वय हुन नसकेको बताउँदै उनले अव चाडै सवै प्रकृयाहरु पुरा गरी पार्टीको समन्वयमा सरकार सञ्चालन गर्ने बताए ।
नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सभासद जगतप्रसाद यादव, धनगढीमाई नपाका मेयर हरिनारायण चौधरी, नेपाका केन्द्रिय सदस्य तथा पूर्व पन्त्रिी अजयशंकर नायक लगाएतका नेताहरुले जनयुद्धका विषयमा मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले जनयुद्धले वोकेको सपना केहीहदसम्म पुरा भएपनि अन्तिम अभिष्ट अभैm बाँकी रहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button