२५ औं जनयुद्ध दिवस पर्सामापनी मनाईयो



मेरो प्रदेश सम्वाददाता
पर्सा
देशका बिभिन्न स्थानमा आज २५ औं जनयुद्ध दिवस मनाइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साले पनि जनयुद्ध दिवस मनाएको छ । पर्साको रामगढवामा रहेको नेकपाको पार्टी कार्यालयमा जनयुद्ध दिवस मनाईएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्लाका इन्चार्ज रामचन्द्र साहले नेकपा अब संगठन सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिए । उनले प्रदेश नम्बर २ का सबै जिल्ला भन्दा सशक्त नेता कार्यकर्ता पर्सामा रहेको हुनाले अब संगठित भएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए । नेकपा पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button