ग्राहकले तिरेकाछैनन १३ करोड बक्यौता प्राधिकरणलाई



रितिक अधिकारी सर्लाही
लाईन नकाटी विद्युत विल नतिर्ने गरेका कारण विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीको महसुल बक्यौता १३ करोड पुगेको छ । प्राधिकरणको तथ्यांक अनुसार माघ २७ गते सम्म प्राधिकरणको ग्राहकबाट असुल गर्नुपर्ने महसुल बक्यौता १३ करोड ८५ लाख २० हजार २ सय ४१ पैसा पुगेको हो ।
विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख ईन्जिनियर सुधिर कुमार रायले कुल ग्राहक मध्ये उद्योग तथा कलकारखाना र ग्राहस्थ दुबै तर्फका ग्राहकको गरी यति ठुलो रकम महसुल बक्यौता रहेको बताएका छन । कुल ४३ हजार ९ सय ग्राहक रहेको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका ५० प्रतिशत ग्राहकले मात्र नियमित महसुल बुझाउने गरेका छन भने बाँकी ग्राहकहरुले लाईन नकाटे सम्म महसुल बुझाउने गरेका छैनन । ४३ हजार ९ सय कुल ग्राहक मध्य ९४ प्रतिशत ग्राहस्त र बाँकी ६ प्रतिशत उद्योगधन्दा सेवाग्राही रहेका कार्यलयले जनाएको छ ।
सबैभन्दा धेरै विद्युत महसुल ओम शान्ती फ्रुट प्रोडक्सन प्रा.ली २७ लाख ५० हजार ८ सय १२ रहेको हुनाले ओम शान्ती फ्रुट प्रोडक्सन प्रा.लीले मासिक १ लाख भन्दा बढी महसुल नियमित तिर्ने गरेकोे छ । त्यसैगरी केही ग्राहकहरुले समय समयमा मात्र नभई लाईन काटिदा समेत विद्युत महसुल बक्यौता नतिरेका कारण कालो सुचिमा राखिएको प्राधिकरणले जनाएको छ । सामान्यतय २ महिना अर्थात ६० दिन सम्म बक्यौता महसुल बुझाउने ग्राहकको लाईन नकाटिएको र सो समय भन्दा बढी समयसम्म पनि महसुल बुझाउन नआउने ग्राहकको लाईन काटिएको कार्यलय प्रमुख इन्जिनियर रायले बताए । आफुहरुले महसुल बुझाउने समय नाघेका ग्राहकहरुलाई एक पटक विद्युत महसुल बुझाउन आउन आग्रह गर्ने गरेको र सो समयमा महसुल बुझाउन नआउने वा कार्यलयको आग्रहलाई वेवास्ता गर्ने ग्राहकहरुको लाईन काट्ने गरेको रायको भनाई छ । कतिपय ग्राहकहरु लाईन काटिएपछि मात्र महसुल बुझाउन आउने गरेका छन ।
ग्राहस्थ तथा औद्योगिक क्षेत्रका ग्राहकहरु मात्र नभई सरकारी तथा गैर सरकारी कार्यलयहरुले पनि विद्युत महसुल समयमै नतिर्ने सुचिमा परेका छन । त्यसैगरी बिद्युत चोरी निकासी गर्ने ७२ जना ग्राहकहरुलाई चोरी चुवाहटमा संग्लग्न भएको भन्दै कार्यलयले कार्बाही गरेपछी
मिटर जडान नगरि विद्युत तारमा हुक लगाएर तथा मिटरबाटनै चोरी गरी बत्ती बाल्नेहरुको संख्यामा पनि केही सुधार आएको छ । लालबन्दी नगरपालिकाका सबै १७ वटा वडा,ईश्वरपुर नगरपालिका सबै वडाहरु, हरिवन नगरपालिका,बाग्मती नगरपालिकाका ६ वटा वडा,कविलासी नगरपालिका वडा नम्बर १ र २ का साथै हरिपुर नगरपालिकाका सबै वडाहरु विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको सेवाक्षेत्र रहेको छ ।
चालु आर्थिक वर्षको श्रावणदेखि माघ २७ गते सम्म १७ करोड ४६ लाख ५९ हजार ८ सय रुपैँयाँ महसुल संकलन भएको छ भने चालु आर्थिक वर्षको श्रावणदेखि माघ २७ गते सम्म १३ करोड ११ लाख ३६ हजार २ सय १२ रुपैँया महसुल बक्यौता रहेको कार्यलयले जनाएको छ ।
चालु आर्थिक वर्षको माघ महिना सम्ममा २ सय ८२ जना ग्राहकको महसुल नतिरेका कारण लाईन काटिएको हुनाले उनिहरुबाट १ करोड १८ लाख ९५ हजार १ सय २१ बराबर बक्यौता रहेको थियो भने २ सय ६ जनाले विद्युत महसुल वापतको रकम ७३ लाख ८१ हजार २ सय १८ रुपैँयाँ तिरेर लाईन पुनःसुचारु गरीएको छ । उद्योगधन्दाबाट नियमित तथा ठुलो रकम महसुल उठ्ने र चोरी चकारी नहुने भएकाले समेत त्यस्ता कार्यलय वा उद्योगहरुलाई आफुहरुले सम्झाउने गरेको कार्यलय प्रमुख रायको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button