बेटी सम्मेलनमा महिलालाई ५० प्रतिशत आरक्षणको माग



जनकपुरधाम स् प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा सोमबारदेखि सुरु भएको ‘दोस्रो बेटी सम्मेलन’ बुधबार सम्पन्‍न भएको छ। सातै प्रदेश सरकारले महिलालाई ५० प्रतिशक्षण आरक्षण हरेक निकायमा गर्नुपर्ने सहितका ९ बुँदै घोषणापत्र जारी गर्दै बेटी सम्मेलन सम्पन्‍न भएको हो। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको प्रमुख आतिथ्यमा घोषणा पत्र जारी गरिएको छ। छोरीका लागि सरकारी स्तरबाट सेनेटरी प्याडको निःशुल्यक वितरण गर्ने व्यवस्थाको कार्यान्वण गर्नुपर्ने, प्राविधिक एप्सको प्रयोग गरी छोरीलाई सुरक्षित जीवन जीउन सहयोग पुर्‍याउनु पर्ने सहितका माग घोषणपत्र मार्फत गरिएको छ। यस्तै सातवटै प्रदेशमा महिला अंकित स्तम्भ निर्माण गरी शान्ति, समृद्धि र लैंगिकमैत्री सन्देश प्रवाह गर्ने लक्ष्य रहेको पनि घोषणपत्रमा उल्लेख गरिएको छ। सम्मेलनको आयोजना गरेका मुलधार महिला सेवा केन्द्र उदयपुरकी अध्यक्ष नजबुल खानले छोरीमाथि भइरहेको विभेद अन्त्य नगएसम्म संघर्ष गरिरहने बताइन्।उनले समानता र समावेशीका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ हुनुपर्ने र राज्यलाई दबाब दिने उद्देश्यले बेटी सम्मेलन गरेको बताइन्। केन्द्रकी प्रदेश २ संयोजक तथा मोडल पुष्पा यादवले हरेक निकायमा ५० प्रतिशत महिला नभएकै कारण कानुन धेरै बने पनि कार्यान्वयन हुन नसकेको बताइन्।उनले महिला हिंसा रोक्न कानुन कार्यान्वयनका लागि सातै प्रदेशमा महिलालाई ५० प्रतिशतको आरक्षणको व्यवस्था गरी अविलम्ब कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। मन पराउने महिलालाई मात्र स्थान दिइन्छ स् राज्यमन्त्री यादव प्रदेश २ की आर्थिक मामिला तथा योजनामन्त्री उषा यादवले मन पराउने महिलालाई मात्र स्थान दिइने गरेको गुनासो गरेकी छन्। सम्मेलनको समापन समारोहमा बोल्दै उनले भनिन्, ‘मन पराउने महिलालाई मात्र स्थान दिइन्छ। मन नपराउने महिलासँग क्षमता भए पनि कतै ठाउँ दिँदैन।’ ुहात समाएर काम गराउने महिलालाई ठाउँ दिने र आफ्नो क्षमता अनुसार काम गर्न खोज्नेलाई वेवास्ता गर्ने प्रवृति छु उनले थपिन्। ‘पुरुषजस्तै महिलासँग पनि क्षमता हुन्छ’, उनले भनिन्, ‘पुरुषले गर्ने हरेक काम महिलाले गर्न सक्छिन्। किन गर्न सक्दैनरु ठाउँ दिनुपर्‍यो नि १’ मन्त्री यादवले महिलालाई ठाउँ दिएर मात्र नहुने भन्दै काम गर्न दिने स्वतन्त्र अधिकार समेत दिनुपर्ने जिकिर गरिन्। उनले प्रदेश २ सरकारकै क्याविनेटमा एकजना पनि महिलालाई सहभागी नगराएको र प्रदेशसभाअन्तर्गत ७ समिति रहेका मध्यै एउटैमा पनि महिलालाई नेतृत्व नदिएकोमा आपत्ति जनाइन्। उनले आफू राज्यमन्त्री भए पनि काम भने मन्त्रीले भनेअनुसार नै गर्नुपर्ने बाध्यता रहेको पनि बताइन्।


थाहा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button