सिरहामा खाल्डोमा डुबेर मजदुरको मृत्यु

मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा बुधवार बिहान एक मजदुर मृत फेला परेका छन् ।
मृत्यु हुनेमा सप्तरीको सिस्बा बल्ही घर भएका ३५ वर्षीय पुरन मण्डल रहेकोे सिरहा प्रहरीले जनाएको छ ।
सिरहाको बिष्णुपुर गाउँपालिका–१ मा ओभरहेड पानी ट्यांकी निर्माण कार्यमा खटिएका मण्डल निर्माण स्थल नजिकै रहेको खाल्टोमा डुबेर मृत अवस्थामा फेला परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक बिनोद घिमिरेले बताए।