राजर्षी जनक विश्वविद्यालयमा नेविसंघको तालाबन्दी



मेरो प्रदेश सम्वाददाता
धनुषा
विश्वविद्यालयका पदाधिकारीहरुले अनियमित किसिमले विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका पदाधिकारीहरुले (बुधबार) जनकपुरधाम स्थित राजर्षि जनक विश्वविद्यालयको भिसी र डिनको कार्यकक्षमा तालाबन्दी गरेका छन ।


नेपाल विद्यार्थी संघका पदाधिकारीहरुले छात्रवृत्ति र विद्यार्थी भर्ना प्रक्रियामा विश्वविद्यालयका पदाधिकारीहरुले अनियमितता गरेकाले बाध्यतावश आफुहरुले तालाबन्दी गरेको नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले बताए । उनका अनुसार विद्यार्थी भर्ना प्रक्रिया पारदर्शी हुनुपर्ने ,छात्रवृत्तिमा भैरहेको अनियमितता तत्काल रोक्नुपर्ने लगायतका माग राख्दै आन्दोलित भएका हुन ।’

यता विश्वविद्यालयका डिन जुगेश्वर साहले विद्यार्थीहरुले गरेको आन्दोलनको एजेन्डा आफुलाई थाहा नभएको भन्दै स्पस्ट रुपमा एजेन्डा लिएर आउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button