दस किलो गाँजासहित स्याङतान पक्राउ

मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाही प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१२, जियाजोरबाट लागू औषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४, नारायणखोलाका २४ वर्षीय कान्छाराम स्याङतान रहेका छन ।
चुरेक्षेत्रमा पर्ने नारायणखोलाबाट बा ४९ प ६०२ नम्वरको मोटरसाइकलमा गाँजा लिएर आउँदै गरेका स्याङतान लाई प्रहरीले पक्राउ गरेको हो । सोमवार राती गस्तीमा निस्किएको प्रहरीले शंका लागेर खानतलासी गर्दा याङतानले चलाएको मोटरसाइकल पछाडि राखिएको बोराबाट १० किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।