ठूलो परिमाणमा गाँजासहित दुई जना महिला महोत्तरीबाट पक्राउ



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको जलेश्वरमा आईतवार दिउँसो प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको मधुवनी गाउँपालिका.४ घर भएकि ४५ वर्षीया सलटनी माझी मुसहर र ४८ वर्षीया पानो देवी पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए ।


उनिहरु लागु औषध गाँजा बोकेर ज.१स.१३१२ नम्बरको टेम्पुमा चढेर जलेश्वरको मटिहानी चोकबाट बखरीचोकतिर जाँदै थिए जाने क्रममा उनीहरुलाई जलेश्वर १ स्थित नगरपालिका चोकबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १२ किलो गा्रम गाँजा प्रहरीले बरामद गरेको
बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button