सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सिन्धुली ,
सिन्धुलीको दुधौली नगरपालिका–१० पटियानिमा विद्युतीय करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
विद्युतीय करेन्ट लागेर गम्भीर घाइते भएका ३६ वर्षीय कृष्ण कटुवालको शनिबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका जानकारी दिए ।
पटियानीस्थित सार्वजनिक नर्सरीमा काँडेतार लगाउन खम्बा गाड्न रड सिधा गर्ने क्रममा ११ हजार भोल्ट करेन्टको प्रशारण लाइनमा रडले छुँदा कटुवाललाई करेन्ट लागेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button