आलमलार्ई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर



मेरो प्रदेश सम्वाददाता
पर्सा
जनकपुर उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन थारुको संयुक्त इजलासले पूर्वमन्त्री मोहमद आफताव आलमलाई पूर्पक्षमा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।
आलमलाई थुनामा राखेर अनुसन्धान गर्न रौतहट जिल्ला अदालतले दिएको आदेशविरूद्ध आलमले उच्च अदालत जनकपुरमा निवेदन दिएका थिए ।
२७ चैत ०६४ को संविधानसभाको चुनावको समयमा उनको घरमा बम बनाउँदै गर्दा विस्फोट भई घाइते भएकाहरूलाई नजिकैको ईटा भट्टामा जलाएर मारेको अरोप लागेपछी रौटहट जिल्ला अदालतले २९ कार्त्ितक २०७६ मा आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। जिल्ला अदालतको आदेशपछि आलमलाई नख्खु कारागारमा राखिएको छ ।
उच्च अदालतमा आलम पक्षका कानुन ब्यवसायी वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरु सुधीरकुमार कर्ण, रामेश्वर सेढाई र विनय सिंहले बहस गरेका थिए ।
पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता युवराज संगौला, पुष्पराज पौडेल र किशोर विष्टले बहस गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button