जनकपुरका मेयर उपमेयर विरुद्ध चक्काजाम



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरमा युवाहरुले जनकपुरधाम उपमहानगरपालिका विरुद्ध चक्काजाम गरेका छन् । जनकपुरको रामानन्दचोकमा युवाहरुले शुक्रबार एकघण्टा चक्काजाम गरेका हुन् ।


युवाहरुले प्लेकार्ड सहित जुलुस लगाउदै रामानन्दचोकको प्रवेशद्वारमा चक्काजाम गरेका हुन।
गएको पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि गरिएकोे कुटपिट प्रकरणमा दोषीहरुलाई संरक्षण दिदै मेयर लालकिशोर साह र उपमेयर रीता झाले नाटक गरेर कर्मचारीलाई पेन डाउन गराएको र जनतालाई दुःख दिने काम गरेको भन्दै युवाहरु विरोधमा उत्रेका हुन् । पत्रकार कुटपिट प्रकरणमा महानगरपालिका कार्यालय बाहिरका ४ जना युवाहरुमाथि नेपाल पत्रकार महासंघ धनुषा शाखाले जाहेरी दिएको थियो ।

जाहेरीको आधारमा युवा व्यापारी धर्मेन्द्र साहलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको विरोधमा उपमहानगरपालिकाका कर्मचारी युनियनले बिहीबार पेन डाउन गरेको थियो । कर्मचारीले पेन डाउन गर्दा नागरिकहरुले सास्ती भोग्नु परेको विरोधमा युवाहरु सडकमा उत्रेका हुन् । युवाहरुले मेयर उपमेर बेकामी भएको भन्दै राजिनामा समेत माग गरेका छन् ।

मासका संयोजक सरोज मिश्र, युव अगुवा सुशिल कर्ण लगायतका युवाहरुले एकघण्टा नाराबाजी सहित चक्काजाम गरेका हुन। जानकी मीन्दर फुलबारी प्रकरणका दोषी, मेयर पत्रकार कुटपिट प्रकरणका दोषी र पेन डाउन गारउने कर्मचारी युनियनका दोषीमाथि कारबाही र यी समस्याहरु समाधान नभए आइतबारदेखि अझै कडा संघर्ष गर्ने मासका संयोजक सरोज मिश्रले चेतावनी दिए ।
जानकी मन्दिरको फुलबारी अतिक्रमण प्रकरणबाट उम्किन मेयरले रिपोर्टिंग गर्न गएका पत्रकारमाथि कुटपीट गरी घटना मोड्न खोजेको युवा अगुवा शुशील कर्णले आरोप लगाए ।

निजी घर बचाउन रकमको चलखेल गरी जानकी मन्दिरको फुलबारी अतिक्रमण गराएको र आफ्नो भ्रष्टाचार लुकाउन मेयर उपमेरले नाटक गरिरहेको युवा कर्णको आरोप छ ।
उनले मेयर उपमेयरलाई समेत छानविन गरी कडा कारबाही गर्न प्रशासन संग माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button