महोत्तरीमा मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ


बिहीबार दिउँसो पिपरा गाँउपालिकामा यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किँदा पिपरा गाँउपालिकाका १७ वर्षीय राजेन्द्र शर्माको घटनास्थलमै ज्यान गएको हो । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ ख ७५८ नम्बरको यात्रुवाहक बससँग ज ७ प ८५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

मृतक शर्माको शव परीक्षणको लागि जलेश्वर अस्पतालमा राखिएको छ भने बसलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button