भन्सारका नायब सुब्बा डेढलाख घुससहित पक्राउ

मेरो प्रदेश सम्वाददाता
धनुषा
भन्सार एक कर्मचारीलाई अख्तियारको टोलीले घुससहित जनकपुरधामबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर भन्सार कार्यालयका नायव सुव्वा अहमद रजा अन्सारी रहेका छन्। अख्तियार दुरुपायोग अनुसन्धान बर्दिबासको टोलीले सोमबार साँझ नासु अन्सारीलाई एक लाख ५० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि अहिले अख्तियारको कार्यालय बर्दिबास लगिएको बताईएको छ ।