सिन्धुलीमा मोटरसाइकल दुर्घटनामापरी दुई जनाको घटनास्थलमा नै मृत्यु



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
सिन्धुलीमा मोटरसाइकल दुर्घटनामापरी दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–७ माझिटारमा प्रदेश नम्बर २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।


दुर्घटनामा मोटरसाइकल चालक धनुषाको महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुत र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् । मृत्यु हुने दुवैको शव सिन्धुली अस्पतालमा राखिएको र परिवार सम्पर्कमा आएपछि जिम्मा लगाइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button