जीप दुर्घटनामा सहलेखापालको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सप्तरी
जिप दुर्घटनामा परी कञ्चनरुप नगरपालिका कार्यालयमा सहलेखापाल पदमा कार्यरत सोही नगरपालिका ६ घोघनपुर निवासी अन्दाजी २८ वर्षीय सुरेन्द्र नारायण चौधरीकोे मृत्यु भएको छ ।
पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जीप अनियन्त्रित हुँदा वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा शुक्रबार दुर्घटना भएको थियो । जीप करिब दुई मिटर तल खोलामा खसेको बताइएको छ । सो दुर्घटनामा जीपका चालक सोही ठाउँ बस्ने ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन् । उनको काठमाण्डौमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सलाई उदृत गर्दै कञ्चनरुप नगरपालिकाले जनाएको छ ।
नीजि जीप भाडा लिएर कञ्चनरुप नगरपालिकाको मुद्दा पेसीका लागि काठमाण्डौ जार्दै गरेको अवस्थामा उक्त दुर्घटना भएको नगपालिकाका एक कर्मचारीले जानकारी दिए । मृतक चौधरीको शव शनिबार बिहान नगरपालिका कार्यालयमा राखेर अन्तिम श्रद्धाञ्जलीपछि नगरपरिक्रममा गरेर कोसी नदीमा अन्तिम संस्कार गरिएको परिवारीक श्रोतले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button