सर्लाही ट्राफिकले गर्यो सवारीसाधनको चेकजाँचमा कडाई



रितिक अधिकारि सर्लाही
जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले सवारी साधनको चेक जाँचमा कडई गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत छोटो तथा लामो दुरीका सवारी साधनहरुको चेक जाँचमा कडाई गरेको हो । ट्रफिकले पैदल यात्रीहरुलाई सडकको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी ,पैदल यात्रीहरुले सडकमा हिडदा प्रयोग गरीने साईड ,बाटो कट्दा जेब्रा क्रसको प्रयोग लगायतको बारेमा पैदल यात्रीहरुलाई जनचेतना मुलक जानकारी गराईएको ट्राफिक प्रहरी पोष्ट नयाँ रोडका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी सहायक निरिक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए ।
मालबाहक तथा यात्रु बाहक सवारी साधनमा अव्यवस्थीत तथा असोभनिय रुपमा टाँगिएका झण्डा तथा कपडाहरु हटाउने, यात्रु बाहक सवारी साधनमा महिला,जेष्ठ नागरीक,अपाङ्ग आरक्षण सिटको व्यावस्था भए नभएको सिट क्षमता लगाएका विषयमा चेकजाँच गरिएको मैनालीले बताए । जिल्लामा रहेका विभिन्न स्थानका ट्राफिक प्रहरी पोष्टहरुले पछिल्ला दिनहरुमा निरन्तर चेकजाँचलाई कडाई गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुर सहित जिल्लाका विभिन्न ९ स्थानमा रहेका ट्राफिक प्रहरी पोष्टहरुले उखु बोक्ने सवारी साधन,अन्य मालबाहक सवारीसाधन र यात्रु बाहक साना तथा ठुला सवारी साधनहरुको चेकजाँचमा कडाई गरेको हो । सवारी साधनको चेकजाँचमा कडाई गरेपछि जिल्लामा सवारी दुर्घटनाका घटनाहरुमा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरले जनाएको छ । दुर्घटना हुने मुख्य कारणमा सवारी साधन तथा सडकको अवस्था ठिक नहुनु, ओभर भवर सामान बोक्नु, सिठ बेल्ट तथा हेल्मेटको प्रयोग नगर्नु,सिट क्ष्मता भन्दा बढी यात्री बोक्नु, सवारी साधनका चालकको लार्पबाहीका कारण हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button