सिन्धुलीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
ब्र्दिवास काठमाण्डौ सडकखण्ड अन्तर्गत वीपी राजमार्गको सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा सप्तरीको कञ्चनरुप नगरपालिका ६ का अन्दाजी ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन् ।
पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जिप सडकबाट अनियन्त्रित भइ दुर्घटना हुँदा चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा जिपका चालक सोही स्थान बस्ने ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button