जनकपुरको औषधी पसलमा आगो लगाइयो,,,सुरक्षा अवस्थामाथी प्रश्न चिञ्ह



मेरो प्रदेश सम्वाददाता
धनुषा
विहिवार मध्यरातमा अज्ञात समूहले जनकपुरको प्रादेशिक अस्पताल अगाडी रहेको कल्पणा औषधी पसलमा पेट्रोल छर्केर आगो लगाएको छ । आगो लगाईएपछी पसलमा रहेका करिब ९० लाखभन्दा बढीको औषधी जलेर नष्ट भएको छ ।
अज्ञात समूहले पसलको पछाडीको झ्यालबाट पेट्रोल छर्केर आगो लगाएको देखिएको छ । आगो लागेका कारण पसलमा रहेको अधिकांश औषधी जलेको र कामनलाग्ने बनेको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
आगो कसले र किन लगायो भन्ने विषयमा केहि खुल्न सकेको छैन । प्रादेशिक अस्पताल अगाडी रातभर चहलपहल भइरहेपनि औषधी पसल जलाएपछि जनकपुरको सुरक्षा अवस्थामाथि प्रश्न चिञ्ह लागेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button