महिलालाई यौन दुव्र्यवहारगर्ने एसएसपी राणा निलम्बित



मेरो प्रदेश सम्वाददाता
धरान
महिलालाई यौन दुव््र्यवहार गरेको उजुरीको आधारमा बिहीबार नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणा निलम्बनमा परेका छन । संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेकोे मन्त्रालयका सूचना अधिकारी उप(सचिव उमाकान्त अधिकारीले जानकारी दिए ।
धरानकी एक महिलाले राणाविरुद्ध उजुरी लिएर गृह मनत्रालय पुगीे गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पिडीत भएकोे जानकारी गराए लगतै उनलाई निलम्वन गरिएको हो । तर आरोपित राणाले आफुमथि लगाएको आरोप अस्विकार गर्दै आएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button