प्रदेश २ की राज्यमन्त्री झाले दिइन् राजीनामा

मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश नम्वर २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले मंगलवार पदबाट राजीनामा दिएकी छन् । प्रदेश सरकारको कामकाजप्रति असन्तुष्टि जनाउँदै राज्यमन्त्री झाले पदबाट राजीनामा दिएकी हुन् । उनको राजीनामा पत्रमा प्रदेश सरकारमा रहँदा राज्यमन्त्रीको हैसियत, पदिय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समय देखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेको छु भनी लेखिएको छ ।
मुख्यमन्त्री लालबाबु राउत बाहिर गएका कारण झाले
राष्ट्रिय जनता पार्टी (राजपा)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई राजीनामा पत्र बुझाएकी छन् ।