विप्लव समूहका रौतहट सेक्रेटरीसहित दुई पक्राउ

मेरो प्रदेश सम्वाददाता
रौतहट
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको बिद्रोही नेपाल कम्युनिस्ट पार्टीको रौतहट जिल्ला सेक्रेटरीसहित दुईजना मंगलबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला समिति सदस्य दुर्गा बल रहेका छन । चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई दिउँसो सार्वजनिक गरिने बताईएको छ ।