अनलाइन मार्फत ठगी गरेको अभियोगमा ४ जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
पर्सा
अनलाइनमार्फत ठगी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बारा गढीमाई नगरपालिका ३ पिप्राविर्ता घर भई पर्सा बीरगंज महानगरपालिका १५ ब्रह्मचोक बस्ने २९ वर्षीय रोशन सिंह, सोही ठाउँ बस्ने २१ वर्षीय बिशाल सिंह, भारत कलकत्ता घर भई हाल पर्सा सोही महानगरपालिका डेरा गरी बस्ने २६ वर्षीय सबिक भक्त र सोही ठाउँ ब्रह्मचोक बस्ने १८ वर्षीय फारुख आलम रहेका छन्। उनीहरू चारैजनाले सामाजिक संजालहरूबाट क्लब फ्याक्टोरी अनलाईन सपिङ एप्स खोली
एपल कम्पनीको मोबाइल कम मूल्यमा पठाउने र बिभिन्न देश्का भिसा लगाई दिने भनी ठगी गरेकोे सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । ठगी गर्ने चारैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button