१० दिनमा ५ हजार छोरी बिमित

मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश सरकारद्वारा संचालित ‘बेटी पढाउ बेटी बचाउ’
अभियान अन्तर्गतको छोरी शिक्षा बिमा शिविरमार्फत अहिलेसम्म ५ हजारभन्दा बढी छोरी विमित भइसकेका छन्।
२०७५ माघ १ गते पछी जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरिदिने घोषणा गरे अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाटै अभियान संचालन भएपनी त्यसको प्रभावकारीता खासै हुन नसकेपछि गत एक वर्षभित्र जन्मिएका सबै छोरीको बिमा गर्ने उद्देश्य लिएर संचालित शिविर मार्फत माघ १० गतेसम्म पाँच हजार ४० छोरीले बिमा गराएका हुन्।
शिविरमार्फत सप्तरीमा ८ सय ८८, सिरहामा ६ सय ६३, धनुषामा ३ सय ४६, महोत्तरीमा ६ सय ४५, सर्लाहीमा ७ सय ६८, रौतहटमा ४ सय ६२, बारामा ८ सय ५ र पर्सामा ४ सय ६३ छोरीहरुको बिमा भैसकेका छन्।
माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको विरगंजमा उद्दघाटन गरेपछी प्रदेशका आठवटै जिल्लामा एक साथ सुरु गरिएको शिविर फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा संचालन हुनेछ ।
शिविर महानगरमा ४ दिन, उपमहानगरमा ३ दिन, नगरपालिकामा २ र गाँउपालिकामा एक दिन संचालन गरिने भएको छ ।
शिविरमा बिमा गराउने बालिकाका परिवारले ३ महिनाको लागि सुविसुको फ्रि इन्टरनेट सेवासमेत पाइरहेका छन्।