ससौला स्वास्थ्य चौकीमा शौचालय र खानेपानी अभाव



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको रामगोपालपुर नगरपालिका–७ सहसौलामा रहेको स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय र खानेपानीको अभाव रहेको छ ।
स्वास्थ्य चौकीमा शौचालय र खानेपानी नहुँदा त्यहाँ कार्यरत कर्मचारी तथा उपचारका लागि जाने गरेका बिरामीलाई समस्या हुने गरेका स्वास्थ्य चौकी प्रमुख अहेव लक्षमण महतोले बताए ।
स्वास्थ्य चौकीमा वषैँदेखि शौचालय र खानेपानीको अभाव भएकाले सम्बन्धित निकायलाई निर्माण कालागी पटकपटक आग्रह गर्दा पनि ध्यान नदिँदा शौचालय जान र पानी पिउन निक्कै समस्या हुने गरेको छ ।
तीन पुरुष र एक महिला कर्मचारी कार्यरत रहेको स्वास्थ्य चौकीमा पुरुष कर्मचारी तथा बिरामी शौच गर्न खुल्ला स्थानमै गएपनी महिला कर्मचारी र बिरामीलाई अरूको घरको सहारा लिनुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी प्रमुख महतोले बताए ।
उनले शौचालय र खानेपानीको समस्याबारे पटकपटक रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र वडाध्यक्ष शम्भु साहलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।
यसैगरी नगर प्रमुख मण्डलले बजेट अभावका कारण अहिले तत्कालै सो स्वास्थ्य चौकीमा शौचालय र खानेपानीको व्यवस्था गर्न नसकिएको भएपनी त्यहाँको समस्या चाँडै समाधान गर्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button