अन्सारीको घरमा राखिएको बम निष्क्रिय

मेरो प्रदेश सम्वाददाता
पर्सा
वीरगन्जको नेशनल मेडिकल कलेजका निर्देशक (एमडी) बसुरुद्दीन अन्सारीको घरअघि राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ
। प्रेसर कुकरबाट तार निकालेर अन्सारीको घरको गेटैमा सो बम राखिएको थियो। घरको गेटैमा शंकास्पद वस्तु भेटिएपछि अन्सारीको घरका सुरक्षागार्डले प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको चण्डी प्रसाद गणबाट गएको टोलीले सो बमलाई निष्क्रिय पारेको हो। कुकरमा डेटोनेटरसहित बम जडान गरी राखिएको पाइएको सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ । बम राखिएको घटनाबारे थप अनुसन्धान थालिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए ।