महोत्तरीको मटिहानीबाट २१ तोला सुन सहित एकजना पक्राउ

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
सशस्त्र प्रहरीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ८ बाट आइतबार राति २१ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २३ वर्षीय दीपक महतो रहेका छन प्रहरीले उनको साथवाट १६ लाख २४ हजार ६ सय ६ रुपैयाँ बराबरको स्रोत नखुलेकोे सुन, बा १२ प ५०७६ नम्बरको कारमा राखि नेपालबाट भारत तस्करी गर्न लागिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका सुन र कारसहित सशस्त्र प्रहरीले जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाएको सशस्त्र प्रहरी बीओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले जानकारी दिए ।