सिन्धुलीको घ्याङलेख गाउँपालिकाका इन्जिनियर घुस लिएको आरोपमा पक्राउ



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जिनियर दिलीप कुमार साहलाई दुई लाख २६ हजार रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
साहले गाउँपालिकाका विभिन्न वडामा ट्रान्सफर्मर जडानको विद्युतीकरण सम्बन्धी कार्य सम्पन्न गरी भुक्तानी लिने क्रममा सेवाग्राहीबाट घुस लिएको खुलेको छ । उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ६, स्थित श्रेष्ठ तन्दुरी एण्ड गेष्ट हाउस अगाडि नियन्त्रणमा लिइएको हो । उनको साथवाट एक लाख साठी हजार र सत्तरी हजार रुपैयाँको दुईवटा चेकसँगै नगद ३५ हजार रुपैयाँ बरामद गरी अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button