तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार पर्व महोत्तरीमा मनाईयो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व महोत्तरीको बर्दिवास लगायत जिल्लाका बिभिन्न स्थानमा शनिबार बिबिध कार्यक्रमगरी मनाईएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको अवसरमा सोनाम ल्होछार मनाइन्छ ।
मञ्जुश्री पात्रो अनुसार शनिबारदेखि २८ सय ५६ औँ वर्ष सुरु हुन्छ । शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्राईगन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
१२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको पुष्टि हुने महोत्तरी बर्दिवासका स्थानिय तथा समाजसेवी बिष्णु बम्जन बताउँछन् ।
उनका अनुसार शनिबार सांस्कृतिक झाँकीसहित बाजागाजार्को याली, तामाङ जातिको मौलिक भेशभूषा र खाना प्रदर्शनी सांस्कृतिक गतिविधि लगायत विभिन्न कार्यक्रम गरिएको छ । यसैगरी तामाङ सेवा समाज बर्दिवासले महोत्तरीको बर्दिवासमा खुल्ला पुरुष ब्याड मिन्टन खेलको आयोजना गरी तामाङ जातीलाई खेल कुदका लागी प्रोत्साहन गरेको छ । आज भएको ब्याड मिन्टन खेलमा प्रथम हुने उत्तम लामा र रामकृष्ण लामेछाने दोस्रो हुने महोत्तरी बर्दिवासका सुरेश दोङ ,ज्ञानु लामा तेस्रो हुने कमल लामा र पुरज ढुङेल लाई नगद,मायाको चिनो, ट्रफि र मेडल प्रदान गरीएको कार्यक्रम संयोजक सुजन योन्जन र सुरेश दोङले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button