कविलासी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज ठप्प, सेवाग्राही मारमा



मेरो प्रदेश सम्वाददाता
सर्लाही


सर्लाहीको कविलासी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा तीन सातादेखि कामकाज ठप्प भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोे दोलखा जिल्लामा सरुवा गराएर गएपछि गएको पुस १६ गतेदेखि नगरपालिकाको काम ठप्प भएको हो ।
कामकाज ठप्प हुँदा सेवाग्राही मारमा परेका छन्।
प्रमुख प्रशासकीय अधिकृत महतोलाई प्रदेश सभा सदस्य सञ्जय रायले आफू अनूकुल काम नगरे आक्रमण गर्नेे धम्की दिएपछी उनले सरुवा गराएर दोलखा गएको नगर प्रमुख कौशलकिशोर रायले जानकारी दिए । सरुवा भएर जानु अघि प्रमुख प्रशासकीय अधिकृत महतोले जिल्ला प्रशासन कार्यालय मलंगवामा आफ्नो सुरक्षाको माग गर्दै निवेदन दिएका थिए । प्रमुख रायले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको नियमित कामकाज र विकास निर्माण ठप्प भएको बताए। प्रदेश सभा सदस्य सञ्जय रायको आतंकले नगरपालिकामा जो प्रमुख प्रशासकीय अधिकृत आए पनि टिकाउनै गाह्रो परेको नगरप्रमुख रायले जानकारी गराए । यता प्रदेशसभा सदस्य रायले भने प्रमुख प्रशासकीय अधिकृत महतोलाई आफूले अनियमितता नगरी कानुनसम्मत किसिमले काम गर्न सचेत मात्रै गराएको दावी गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button