प्रदेश २ मा राष्ट्रियसभाको सदस्यका लागि मतदान सुरु,मुख्यमन्त्री राउतले गरे पहिले मतदान



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनकोे लागि सबैभन्दा पहिले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मतदान गरेका छन् । जनकपुरधामको जिल्ला प्रहरी कार्यालयको अगाडीमा रहेको महेन्द्रनारायाण निधि सांस्कृतिक केन्द्रमा राखिएको मतदान केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।


आठवटै जिल्लाका मतदाता प्रदेश सांसद, स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख मतदान केन्द्रमा आइसकेका छन् । प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनका १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा ३ सय ७९ मतदाता छन् ।

प्रदेश नंं.२ मा राष्ट्रिय सभाको चार सदस्यका लागि हुनगइरहेको निर्वाचनमा ८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा नेकपासँग राजपा र काँग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरि उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button