दीना–भद्री’ सम्मानबाट युवा पत्रकार महतो सम्मानित



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
मुसहर समुदायले आफ्नो कुल देवता ‘दीना–भद्री’ सम्मानबाट युवा पत्रकार राजकरण महतोलाई सम्मानित गरेको छ ।
सलार्हीको ईश्वरपुर नगरपालिका – ५ बोहरवामा भएको प्रथम अन्तराष्ट्रिय भुंईया दिवसको अवसर पारेर पत्रकार महतोलाई सम्मान गरेको हो । नेपाल राष्ट्रिय मुसहर संघ र अन्तराष्ट्रिय मुसहर भुंईया विकास परिषद्ले उनको कामलाई मूल्यांकन गर्दै केही समय अघि सम्मान गर्ने निर्णय गरेको थियो ।
मुसहर समुदायको कुल देवता दीना–भद्रीले अन्याय, अत्याचार र शोषणको विरुद्धको लडेको महावीर योद्धाको रुपमा चिनिएको ईतिहास छ ।


अन्यया, अत्याधार, शोषण, दमन विरुद्ध पत्रकार महतोले खरोरुपमा लखेको भन्दै आवाज विहिनहरुको आवाज बन्न सक्ने कुरामा बिस्वस्त भएकोे भन्दै महतोलाई सो सम्मान प्रादन गरिएको हो ।

बिगत केहि समयदेखी मुसहर समुदायको उत्थानमा उल्लेखनिय योगदान गरेकोे भन्दै महतोलाई प्रशंसापत्र, गम्छा, माला लगाएर सम्मान गरिएको भोर संस्थाका अध्यक्ष राजकुमार महतोले बताए ।

अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत महतो सहित अन्य पाँच जनालाई समेत सो सम्मान प्रदान गरिएको हो ।

प्रदेश २ का पर्यटन राज्य मन्त्री सुरेश मण्डल र भारत, बिहारका सांसद डा.सन्तोष माझीले पत्रकार महतोलाई एक कार्यक्रममा सम्मान प्रदान गरेका थिए । दिना भद्री सम्मानित पत्रकार महतो द पब्लिक टुडे डटकम अनलाईको सम्पादक तथा रेडियो दर्पण ८८ं.४ मेगाहर्जको प्रबन्ध निर्देशकको रुपमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button