पर्सा निकुञ्जका जनावरले कृषकको बाली नष्ट गर्यो



मेरो प्रदेश सम्वाददाता
बारा
रातको समयमा पर्सा राष्ट्रिय निकञ्जका निलगाई र घोडगदाले बाराका दर्जनौं किसानका मकै बालीमा क्षति पुर्याएको छ । हलखोरिया साझेदारी वन क्षेत्रसँग सिमाना जोडिएको जीतपुरसिमरा उपमहानगरपालिकाका किसानको मकै खेतरबारीमा पसेर नष्ट गरेको स्थानिय किसानको गुनासो छ ।
जीतपुर सिमराको वडा १४ को रजघट्टा, १५ को डुमरवाना र १६ को कतर्वा, पिलुवा, डकाहा गाउँको किसानले करिब १० विवाहा भन्दा बढी क्षेत्रफलमा लगाएको मकैबाली नोक्सान गरेको हो रातको समयमा जंगलबाट जनावर खेतमा पसेर मकैबाली नष्ट गरेकाले किसानलाई मर्का परेको उनिहरुको गुनासो छ । निकुञ्ज विस्तार भएसँगै जंगली जनावरबाट बाली जोगाउन समस्या भएको छ । उनिहरुलाई ५ सयदेखि एक हजारसम्म प्रतिकिलोको बीउ किनेर मकै खेती गरेको जोगाउन मुस्किल परेको छ । किसानको नगदेबालीका रुपमा रहेको मकैबाट कमाउने भन्दा ऋणमा डुबाउने अवस्था आएकोले उनिहरु निरास भएका छन । जंगलसँग सिमाना जोडिएका किसानका खेतका बाली जोगाउन मुस्किल परेको छ किसानले जनावर बालीमा नपसोस् भनेर बनाइएका बार नाघेर जनावर जाने गरेको छ । उनिहरुले प्लष्टिकका पुत्ला बनाएर राख्ने गरे पनि जनावरले दुःख दिन छोडेको छैन । किसानको बाली जोगाउने हो भने निकुञ्ज वरिपरि तारबार लगाउन आवश्यक भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button