भारतबाट २० दिनपछि आइपुग्दै नेपालको रेल



मेरो प्रदेश सम्वाददाता
धनुषा
सरकारले भारतीय सरकारी कम्पनी कोनकान मार्फत रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ । सो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने भएको छ । दुईवटा सेट खरिद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने छ ।
सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार २०० सम्म यात्रु बोक्ने रहेको छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेका छन । यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ । कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटर समेत गरेर ५२ किलोमिटर रेलमार्ग आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।
रेल बिभागले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट करिब १० दिनपछि भारतबाट हिँड्ने भएको छ ।
भारतबाट हिँडेको रेल नेपाल आईपुग्न करिब १० दिन लाग्ने रेल विभागले जनाएको छ । नेपाल आइपुग्नासाथ रेल सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button