हत्या गरेको अभियोगमा फरार रहेका ३ जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको वीरगंजबाट प्रहरीले हत्या गरेको अभियोगमा फरार रहेका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका ११ श्रीपुर बस्ने २२ वर्षीय अजय कुमार साह, २० वर्षीय राजन साह कानु र सोही ठाउँस्थित रानिघाट बस्ने २० वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् ।
उनिहरुले वीरगंज महानगरपालिका २२ जगरनाथपुरस्थित बाँसघारी बहुदरमाई नगरपालिका ७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको
गत पुस १९ गते साँझ चक्कु प्रहारबाट हत्या गरेका थिए । घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button