झापामा नवजात शिशु मृत फेला



मेरो प्रदेश सम्वाददाता
झापा
झापाको मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा सोमबार बिहान सडक किनारमा सालनाल सहितको शिशु मृत फेला परेको छ ।
भर्खरै जन्मिएको शिशुलाई मारेर फ्याँकेको हुन सक्ने स्थानियले शंका गरेका छन ।
स्थानीयले शिशु मृत अवस्थामा फ्याँकेको देखेपछी प्रहरीलाई खवर गरेका थिए खबर गरेलगत्तै इलाका प्रहरी कार्यालयबाट आएको प्रहरीले शिशुको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button