बलात्कारको आरोपमा बारामा तीनजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
बारा
बाख्रा चराउन गएकी एक युवतीलाई बाराको जितपुरसिमरा २० मा उखुबारीमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा २० बस्ने २५ वर्षीय शेष जमिन आलम, सोही वडाका १८ वर्षीय नैमुदिन अन्सारी र १९ वर्षीय शेष समी अख्तर रहेका छन ।


उनिहरुले बाख्रा चराउन गएकी २० युवतीलाई उखुबारीमा लगेर जबरजस्ती करणी गरेको समयमा स्थानीय वीरेन्द्र प्रसाद चौरासियाले बचाएर प्रहरीमा खबर गरेका थिए । पिडकले चौरासिया र पीडित युवतीलाई घटनाको बिषयमा कसैलाई भनेमा ज्यान मार्ने धम्की समेत दिएको इलाकाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्द पुरीले बताए । बुधबार साँझ भएको घटनामा स्थानीयले गाँउमै मिलाउन खोजेको सूचना पाएपछी लगत्तै प्रहरीले ३ जनालाई प्रकाउ गरेको हो । प्रहरीले उनिहरु बिरुद्ध बिहीबार जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button