लागू औषध प्रयोगकर्तालाई दण्ड होईन परामर्श दिनुपर्ने – आईजीपी खनाल



मेरो प्रदेश सम्वाददाता
पर्सा
प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले लागू औषध प्रयोगकर्तालाई दण्ड होईन परामर्श दिनुपर्ने बताएका छन ।
वीरगञ्जमा बिहीबार लागू औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको उद्घाट्न गर्दै उनले सो कुरा बताएका हुन ।
खनालले लागु औषधको प्रयोग र कारोबार बढदै गएको भन्दै सिमा क्षेत्रमा स्थापना गरिएको यस केन्द्रबाट लागु औषधको नियन्त्रण हुने विश्वास व्यक्त गरेका छन । उनले
लागू औषध विकराल सामाजिक समस्या बन्दै गएकाले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान सुरु गरेको बताउँदै छोरा छोरी कुलतमा लागेका छन भन्ने कुरा अभिभावक, शिक्षकले लाजका डरले भन्न नसकेको बताए । उनले अरुलले के भन्ला भन्ने डरले डराई राखेको भन्दै हामी सबै मिली उनीहरुको उद्धार गर्नुपर्ने र समाजको असल नागरिक बनाउनु पर्ने कुरामा जोड दिए । खनालले अभिभावक मुख खोलेर आउनुपर्छ ।’


समुदायको सहयोग विना प्रहरीको एक्लो प्रयासले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा हुन नसक्ने भन्दै भारतसंगको खुला सिमाको कारण लागूऔषधको प्रयोग तथा ओसार पसारमा वृद्धि भएको प्रस्ट पारे ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले युवा पुस्ताहरुमा लागुपदार्थ सेवनको कुलत बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी समुदाय र महानगरको सामुहिक प्रयास जरुरी रहेको धारणा व्यक्त गरे ।
लागू औषध प्रयोगकर्ताको पुनःस्थापनाका लागि खुलेका नीजि केन्द्रहरुमा चर्को शुल्क रहेको भन्दै उनले निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रले धेरै लाभान्वित हुने प्रस्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button