सप्तरीमा खसी, बोका चोरीगर्ने पक्राउ



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरी प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–१ बाट खसी, बोका चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडा घर भएका १८ वर्षीय प्रमोदकुमार यादव रहेका छन । यादवले
स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एउटा खसी र दुईवटा बोका चोरी गरी विक्री गरेको भन्दैै प्रहरीमा उजुरी गरेपछी प्रमोदलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
उनका अनुसार यादवले चोरी गरेका ती खसी र बोकालाई सिरहा नगरपालिका–८ बस्ने सकुन्तीदेवी साहलाई सस्तो मूल्यमा बिक्री गरेका थिए ।
प्रहरीले खसी,बोका किन्नेलाई समेत पक्राउ गरेको बताईएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button