काकाको हत्या गर्ने भतिजोलाई जन्म कैद



मेरो प्रदेश सम्वाददाता
भोजपुर
जिल्ला अदालत भोजपुरले साइनोमा काका पर्ने ६३ वर्षीय बलबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
अदालतले हत्यामा संलग्न भोजपुर नगरपालिका १० भैँसीपङ्खाका ४३ वर्षीय शङ्खराज भनिने श्रीकृष्ण राईलाई जन्मकैदको सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा २ बमोजिम जन्मकैदको फैसला सुनाएको आदालतका नायव सुब्बा खड्ग भट्टराईले जानकारी दिए ।
अभियुक्त राईले कुटपीट गरी बलबहादुरलाई मारेको अभियोगमा अदालतले मृतककी श्रीमती महिना राईले अभियुक्त श्रीकृष्णबाट एक लाख रुपैयाँ क्षतिपूर्ति पाउने पनि अदालतले फैसला गरेको छ । आफ्नै घरको पेटीमा आराम गरेर बसेका बलबहादुरलाई श्रीकृष्णले जाँडरक्सी खाएर बिनाकारण कुटपिट गरी गम्भिर घाईते बनाएका थिए । घाईते उनको
आर्थिक अवस्थासमेत कमजोर रहेकाले श्रीकृष्णले फकाएर, एक बोतल रक्सी दिएर एक आपसमा मिलापत्र गरेको भए पनि उपचार अभाबमा बलबहादुरको असोज १७ गते घरमै ज्यान गएको हो । बलबहादुरको कुटाइका कारण ज्यान गएपछि परिवारले अदालतमा जाहेरी दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button